नेपालगन्ज ५ का वडा अध्यक्ष माथि कुटपिट

नेपालगन्ज मेडिकल कलेजमा उपचार हुदै

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष कैफुलवरा जोलाह माथि कार्यकक्षमानै कुटपिट भएको छ ।
नागरिकताको प्रतिलिपि लिन भन्दै वडा कार्यालयमा आएका एक सेवाग्राहीले कुटपिट गरेका हुन् । नागरिकतामा नेपाली र अग्रेजी नाम नमिलेको र सो मिलाएर प्रतिलिपि दिन भन्दै वडाका कर्मचारीसँग होहल्ला गर्न थालेपछि वडाका कर्मचारी र सेवाग्राहीको बिचमा चर्काचर्की भएको थियो । छोराले मेरो काम नगर्ने भन्दै आफ्नो बुवालाई बोलाएपछि बुवा छोरा अध्यक्षको कार्यकक्षमा प्रबेश गरि अपशब्द र गाली गलौज गर्दै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए । एकाएक अध्यक्ष माथि आकर्मण भएपछि त्यसलाई रोक्न पुगेका वडाका कर्मचारीहरुलाई समेत कुटपिट गरेको बताईन्छ । हातमा हेलमेट लगेर गएको र अध्यक्षको टाउकोमा हेल्मेटले हिर्काएपछि अध्यक्ष बेहोस भएका थिए । एक कर्मचारीले भने–अध्यक्षको टेवल माथि चढेर हेल्मेटले टाउकोमा हिर्काएपछि उनी भुईमा ढलेका थिए । वेहोस अवस्थामा भुईमा ढलेका अध्यक्ष लाई ति व्यक्तिले लतारेर वाहिर ल्याएका थिए । अध्यक्षलाई बाहिर ल्याउदा मुखभरी कोतरीएको घाउ र रगत देखेपछि निकै आत्तिएका वडाका महिला कर्मचारी समेत अध्यक्षलाई बचाउन अगाडी सरेको बताइन्छ । घट्नाको केही समयमा नै घट्ना स्थलमा प्रहरी पुगेपछि नागरिकता बनाउन भन्दै आएका युवा त्यहाँ बाट फरार भएको र बुवालाई तत्काल प्रहरीले पक्राउ गरेको बताइन्छ ।
कुटपिटवाट वेहोस अध्यक्ष जोलाहलाई तत्काल आधारभुत स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी आएर प्राथमिक उपचार गरेका थिए । प्राथमिक उपचार गर्दा समेत उनलाई होस नआएपछि एम्बुलेन्स मार्फत नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ । अहिले उनको नेपालगन्ज मेडिकल कलेजमा उपचार भईरहेको र यो समाचार तयार पार्दा मात्रै उनलाई होस आएको उपचारका संलग्न वडाका कर्मचारीले असल शासनलाई बताएका छन् ।
अध्यक्ष जोलाह सँगै घाईते भएका वडाका कर्मचारी राज सिंह सिजापति सामान्य उपचार पछि वडा कार्यालय फर्किएका छन् ।  सो घट्नामा संलग्न रहेका लियाकत अली हलवाईलाई प्रहरीले पक्राउ गरेको छ भने उनका छोरा फरार रहेको बुझिएको छ । तर घट्नाका बिषयमा लियाकत अलि हलवाइले भने लामो समय देखि वडाले काम नगरेको बताएका छन् । उनले घट्नामा आफ्नो कुनै पनि गल्ति नभएको दावि गरेका छन् ।

 

  • १२ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech