नरेशबाबु श्रेष्ठ कोभिड हिरो घोषित

असल शासन प्रतिनिधि

नेपालगन्ज / जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका पूर्ब फोकल पर्सन नरेशबाबु श्रेष्ठ कोभिड हिरो घोषित भएका छन् ।
कोभिड १९ सक्रमणको समयमा देशै भरी कोभिड रोगथाम तथा नियन्त्रणमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्य कर्मचारीहरु मध्ये श्रेष्ठ कोभिड हिरो घोषित भएका हुन् । आज एक कार्यक्रमका बिच एकाउन्टविलिटि ल्यब काठमाण्डौले पहिलो पटक उत्कृष्ट तिन कर्मचारीलाई कोभिड हिरोको रुपमा घोषणा गरेको छ ।

यसरी कोभिड हिरो बन्न सफल स्वास्थ्यकर्मी मध्ये जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका पूर्ब फोकल पर्सन तथा हाल स्वास्थ्य कार्यालय बर्दियाका कोभिड फोकल पर्सन नरेशबाबु श्रेष्ठ, जलेश्वर अस्पताल महोत्तरीका स्टाफ नर्स चण्डीका अधिकारी र धनगडी उपमहानगरपालिकाका कोभिड फोकल पर्सन लक्ष्मी राज उपाध्याय रहेका छन् ।


नेपालका उत्कृष्ट निजामति कर्मचारीलाई प्रोत्साहन गर्ने उद्धेश्यले विगत लामो समयदेखि इन्टीग्रीटि आईकन छनौट गर्दै आएको एकाउन्टविलिटी ल्याबले कोभिड हिरोका लागि आम नागरिकबाट आएको नोमिनेशनको आधारमा उनीहरुको कामको अध्ययन गर्दै अन्तिम तिन जनालाई कोभिड हिरो घोषणा गरेको हो । एकाउन्टविलिटि ल्याबले दिएको जानकारी अनुसार कोभिड हिरोका लागि ३४ जिल्लाका ११५ जना स्वास्थ्यकर्मीको नाम नोमिनेशनमा परेको थियो ।

  • १२ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech