बराहतालमा खानेपानी ऐन पारित

छविलाल सुनार

बराहतालमा खानेपानी ऐन पारित

सुर्खेत / विश्व पानी दिवस २०२१ का अवसरमा बराहताल गाँउपालिकाले बराहताल खानेपानी ऐन २०७७ जारी गरेको छ ।
गाँउपालिकाले हिउदे गाँउपरिषदबाट चैत्र ६ गते बराहताल खानेपानी ऐन २०७७ पारित गरेको हो । उक्त ऐनमा समेटिएका महत्वपुर्ण पक्षहरु मध्ये मुल तथा खानेपानी उपभोक्ता समिति दर्ता गर्नु पर्ने, नेपाल सरकारले खानेपानी गुणस्तर मापदण्ड लागुगरि न्यूनतम खानेपानी महसुल खानेपानी सेवा प्रदायकले सेवा बापट संकलन गर्नुपर्ने र मिटर जडान गर्नुपर्ने, उपभोक्ता समितीले धारा वितरण गरेदेखि मर्मत शुल्क पनि संचय गर्नुपर्ने जस्ता महत्वपुर्ण बिषयलाई ऐनले समेटेको छ ।
ऐनले खानेपानी उपभोक्ता समिती नविकरण नगरी संचालन नगरेमा, सिमितीका कर्मचारी तथा समितीले आवश्यक सुचन नदिएमा वा लुकाएमा खानेपानी वितरण समितिलाई जनही रु ३,००० सम्म दण्ड सजायको व्यवस्था गरेको छ । भने नविकरण प्रति ६ महिनामा गर्नुपर्ने, नविकरण गर्दा खानेपानी जाँच गरेको ल्यावको रिपोर्ट अनिवार्य समावेस गरिएको हुनुपर्ने कुराहरुलाई प्राथमिकीकरणको रुपमा राखिएको छ । यस सम्बन्धी कुनै समस्या भएमा गाउँपालिका स्तरीय जलस्रोत व्यवस्थापन समितिमा उजुरी दिन सक्ने समेत व्यवस्था गरेको छ ।

  • १२ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech