राति महिलाको घरमा पुगेका वडा अध्यक्ष नियन्त्रणमा

असल शासन प्रतिनिधि

बैतडी / बैतडी दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भरत महरा महिलासँग शंकास्पद रुपमा फेला परेका छन् ।
बिहिवार राती वडा अध्यक्ष महरा सोही गाँउपालिका वडा नम्बर ६ की एक महिलाको घरमा गएको थाहा पाएपछि स्थानीयहरुले उनलाई महिला सहित पक्राउ गरेका हुन् । महिलाको घरमा पसेका वडा अध्यक्षलाई केही समयमा गाँउलेले नियन्त्रणमा लिएको स्थानीयले बताए । वडा अध्यक्ष र महिलालाई निण्न्त्रणमा लिने क्रममा हातपात भएको र सो क्रममा आक्रोसित स्थानीयहरुले अध्यक्ष र महिलालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट दुवैजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । महिलाको घरमा राति पुगेका अध्यक्षलाई स्थानीयले नियन्त्रणमा लिएको वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मी जोशीले बताईन् ।
फोन नेटवर्कमा समस्याका कारण बिस्तृत विवरण प्राप्त हुन नसकेको प्रहरीको भनाई छ । पक्राउ परेका दुबै जनालाई जिल्ला ल्याउदै गरिएको र जिल्ला पुगेपछि थप विवरण प्राप्त हुने प्रहरीको भनाई छ ।
वडा अध्यक्षसँग पक्राउ परेकी ति महिला एकल महिला रहेको र यस अघि समेत ति महिलासँग वडा अध्यक्ष शंकास्पद रुपमा फेला परिसकेको बताईएको छ ।

  • १३ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech