बास सुर्खेत शाखाको अध्यक्षमा जगत

असल शासन प्रतिनिधि

नेपालगन्ज/भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था बास सुर्खेत शाखाको ५औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले जगतदल जनाला बिकको अध्यक्षतामा १३ सदस्सीय समिति सर्वसम्मत चयन गरेको हो ।

यसरी चयन भएको समितिको उपाध्यक्षमा रोशन कुमार सिजापति, सचिवमा प्रेम प्रकाश खत्री, सहसचिवमा रमा के सी र कोषाध्यक्षमा भगवती बिसीलाई रहेका छन् । यसैगरी जिल्ला शाखाको सदस्यमा क्रमशः ललिता विश्वकर्मा, धिरेन्द्र शाही, नमराज बिक, करूणा सिंह, गगन खडका, मिना शाही, वसन्त भण्डारी र पुष्प के सी रहेका छन् ।

बासका निर्वतमान अध्यक्ष मन भण्डारीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा नेपाल पत्रकार महासंघ सुर्खेतका सदस्य खगेन्द्र अधिकारी, बासका केन्द्रीय महासचिव शिवकुमार बर्मा, पूर्व अध्यक्ष राजु लामिछाने, बासका कार्यकारी निर्देशक नमस्कार शाह, बास सुर्खेत शाखाका पूर्व शाखा अध्यक्ष दीपक बुढा, बिनोद लम्साललगायतको उपस्थिति रहेको थियो । बास सुर्खेत शाखाका सचिव पुष्प केसीले सञ्चालन गरेको कार्यक्रममा स्वागत जगत जनाल बिकले गरेका थिए ।

नव गठित शाखाका पदाधिकारीलाई कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथिले बधाई ज्ञापन गरेका थिए ।

  • १४ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech