बर्दियाको बढैयातालमा बासको उपशाखा

असल शासन प्रतिनिधि

बर्दिया / बर्दियाको बढैयाताल गाँउपालिकामा बासको उपशाखा गठन भएको छ ।
बढैयाताल गाँउपालिका वडा नम्बर ६ को हलमा आज भएको युवाहरुको भेलाले सन्जीता चौधरीको अध्यक्षतामा १३ सदस्सीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विकास कोईराला, सचिबमा अनिश लामिछाने, सह सचिबमा गंगा न्यौपाने र कोषाध्यक्षमा अरुण थारु चयन भएका छन् । यसैगरी समितिको सदस्यमा क्रमशः सविना बस्नेत, कमला न्यौपाने, कल्पना चौधरी, रेशम पुन, जोहन थारु, अरविन्द यादब, प्रीयंका चौधरी र कान्ती कुमारी थारु चयन भएका छन् ।
उपशाखा गठन कार्यक्रममा बासको परिचय, बासले गरिरेका क्रियाकलाप, संरचना, सञ्जालीकरण र उपशाखा गठनको उद्धेश्य लगायतका बिषयमा बासका निमित्त कार्यकारी निर्देशक हेमराज भट्टले जानकारी गराएका थिए । उपशाखा गठन कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि तथा बढैयाताल गाँउपालिका वडा नम्बर ६ का अध्यक्ष रामहरष थारुले गाँउपालिकामा सुशासन कायम गर्न गठन भएको युवाहरुको समितिको पूर्ण सफलताको शुभकामना ब्यक्त गरे । अध्यक्ष थारुले बढैयाताल गाँउपालिका भित्र हुने अनियमितता, भ्रष्टाचार तथा ढिलासुस्ती बिरुद्ध आवाज उठाउन अपिल गरे । भ्रष्टाचार बिरुद्धको अभियानमा आफुले पूर्ण रुपमा सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।


यसैगरी कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका नगर कार्यपालिका सदस्य नैन सुनारले बासको अभियान सुशासन प्रबद्र्धनमा केन्द्रीय रहेकाले सोही अनुरुप काम गर्न युवाहरुलाई अनुरोध गरे । भ्रष्टाचारको अन्त्य भएमा सम्बृद्धी आफै हुने बताउदै गाँउपालिकामा हुने अनियमितता रोक्न युवा समुह सफल हुने विश्वास ब्यक्त गरे । कार्यक्रममा बासका कार्यवाह कोषाध्यक्ष दिला शाह, बासका सदस्य माधवी शाहले नव गठित समितिलाई बधाई ज्ञापन गरेका थिए । उपशाखाका पदाधिकारीलाई अविर लगाएर बधाई ज्ञापन कार्यक्रमका अतिथि बढैयाताल गाँउपालिका वडा नम्बर ६ का अध्यक्ष रामहरष थारु, बढैयाताल गाँउपालिका गाँउकार्यपालिका सदस्य समिक्षा थारु, गुलरिया नगरपालिका नगर कार्यपालिका सदस्य नैन सुनार, बासका केन्द्रीय सचिब खुमेस सुवेदी, कार्यवाहक कोषाध्यक्ष दिला शाह, बासका निमित्त कार्यकारी निर्देशक हेमराज भट्ट, माधबी शाह, शुद्ध प्रसाद चौधरी, शोभा थाप मगर, गोमा अधिकारी लगायतले गरेका थिए ।
बासका कार्यक्रम अधिकृत शुद्ध प्रसाद चौधरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत बासका सहजकर्ता शोभा थापा मगरले गरेकी थिईन् भने धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन नवगठित बास बढैयाताल उपशाखाका अध्यक्ष सञ्जीता चौधरीले गरेकी थिईन् ।


कार्यक्रममा बास बासगढी उपशाखाका अध्यक्ष राज थारु, उपाध्यक्ष पुनम थापा र सहसचिब हिना जागा, बास बारबर्दिया उपशाखाका अध्यक्ष जोशिना थारु लगायत पदाधिकारीको समेत उपस्थिती रहेको थियो । भेलामा बढैयाताल गाँउपालिकाका ४० बढी युवाहरुको सहभागिता रहेको थियो ।

  • १४ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech