बास झापामा अर्जुनको नेतृत्व

असल शासन प्रतिनिधि

विर्तामोड, झापा / बास झापा शाखाको तेस्रो अधिबेशन चन्द्रगढीमा सम्पन्न भएको छ । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको उपस्थितीमा शुक्रबार भएको भेलाले अर्जुन खरेलको अध्यक्षतामा बास झापा शाखा गठन भएको छ । । समितिको उपाध्यक्षमा हरि प्रसाद सिटौला, सचीवमा बिपिन सुन्दास, सहसचिवमा चन्द्रमणी पौडेल कोषाध्यक्षमा पवन सिटौला चयन भएका छन् । यसै गरी सदस्यहरुमा क्रमशः सुमन पनेरु, मन्जिल पाठक, युबराज कार्की, सुबास सुबेदी, मेरिना उप्रेती, केशव पौडेल , पुष्पा प्रणामी, सन्जय राजबन्सी रहेका छन् ।

भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासले देशभरी शाखा, उपशाखा तथा ईकाई विस्तार गरि अभियान सञ्चालन गर्दै आएको छ ।

  • १४ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech