यो बर्ष कसरी मनाउने होली

असल शासन प्रतिनिधि

रंगको पर्व होलीको रौनक देशभरी छाएको छ । बिशेष गरि आज फागुन शुक्ल पक्षको पूर्णीमा तिथिको दिन परेका कारण नेपालको पहाडी र हिमाली क्षेत्रमा होली धुमधामका साथ मनाउने गरिन्छ । होली पर्बको अवसरमा सरकारले आईतबार पहाडी र हिमाली जिल्ला तथा शोमबार तराईका जिल्लाहरुमा सार्वजनिक विदा दिएको छ । प्रतिपदाको दिन नेपालको तराईमा निकै धुमधामका साथ होली पर्ब मनाउने प्रचलन रहदै आएको छ ।
असत्यमाथि सत्यको विजय भएको अवसरमा मनाउने होली पर्वको पौराणिक मान्यतालाई हेर्ने हो भने असत्यको पक्षपाति होलिकाको दहन भएको स्मरण गर्दै होली पर्व मनाउन थालिएको पाईन्छ । आज देशको पहाडी भेगमा धुमधामका साथ होली मनाइँदै छ । फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट अर्थात प्रतिपदाको दिन होली मनाउने प्रचलन छ । होलिका हिरण्यकशिपुकी बहिनी तथा विष्णु भक्त प्रह्लादकी फुपू हुन् । होलीकाले ब्रह्माबाट आगोले नजलाउने वरदान प्राप्त गरकी थिईन् । अर्कोतर्फ हिरण्यकशिपुका छोरा प्रह्लाद भगवान् विष्णुका भक्त थिए । राक्षस बुबाले बारम्बार सम्झाउँदा पनि छोराले विष्णुप्रति आफ्नो भक्ति त्यागेनन् बुवाको कुनै जोर नलागेपछि आफ्नो विरोधीको पक्षमा लागेको भन्दै हिरण्यकशिपुले आफ्नै छोरा प्रह्लादलाई मार्ने योजना बनाए । विभिन्न षडयन्त्र तथा योजना विफल भएपछि हिरण्यकशिपुले ब्रह्माबाट वरदान पाएकी आफ्नी बहिनीको प्रयोग गरी प्रह्लादको हत्या गर्ने योजना बुनेका थिए । उनले होलीकासँगै आगोमा राखेर प्रह्लादलाई जलाए तर भगवान् विष्णुको शक्तिका कारण प्रह्लादलाई उक्त आगोले केही पनि भएन उल्टै होलिकाले प्राप्त वरदानको गलत प्रयोग गरेका कारण जलेको भन्ने मान्यता रहेकोछ । त्यो दिन फागुन शुक्ल पूर्णिमाको दिन थियो भन्ने जुन दिनलाई होलीको रुपमा मनाउदै आउको मान्यता छ ।


होली पर्व व्यक्ति, परिवार, साथिभाई र सिंगो समुदाय मिलेर रंग खेल्दै रमाउदै मनाउने पर्व हो । होलीमा रंगि विरंगि रंगहरु खेल्ने भएका कारण यो पर्व अधिकांसको मन पर्ने पर्व पनि हो । विगतका बर्षहरुमा समुहमा तथा विभिन्न कार्यक्रम गरि होली पर्व मनाउदै आएकोमा यस बर्ष भने कोभिड जोखिमका कारण सरकारले घरमा परिवारसँग मात्रै होली मनाउन अपिल गरेको छ । पक्कै पनि समुहमा अविर छ्याप्दै मनाइने होली परिवारमा सिमित हुदा त्यति सारो रौनकता हुदैन तर स्वास्थ्य र कोभिड जोखिमलाई ध्यान राख्नु अहिलेको अपरिहार्य आवश्यकता हो । त्यसैले होलीलाई नेपाल सरकार तथा स्थानीय प्रशासनले निर्धारण गरेको मापदण्डमा रहेर मनाउनु आफु, परिवार र समुदायका लागि सुरक्षित हुनेछ ।

 

  • १५ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech