बढैयातालमा शिप मुलक तालिम शुरु

असल शासन प्रतिनिधि

बर्दिया / बर्दियाको बढैयाताल गाँउपालिकामा महिलाहरुका लागि तिन महिने शिप मुलक तालिम शुरु भएको छ ।
बढैयाताल गाँउपालिकाको सहयोगमा मानव अधिकारका लागि एकल महिला विकास केन्द्रले सञ्चालन गर्ने तालिमको आज एक कार्यक्रमका बिच बढैयाताल गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले उद्घाटन गरेका छन् । ३ महीने ब्युटीपार्लर तालिम र ३ महीने ढकिया, थाकलको ब्याग तथा हटकेस बुनाई तालिमबाट महिलाहरुलाई शिप प्रदान गरि आत्मनिर्भर बन्न उत्प्रेरित गर्ने उद्धेश्य रहेको छ ।तालिमको उद्घाटन कार्यक्रममा बढैयाताल गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, बढैयाताल ६ का वडा अध्यक्ष राम भरोस थारू, मानव अधिकारका लागि एकल महिला विकास केन्द्र मैनापोखरका अध्यक्ष भगन्दैया चौधरी, लुम्बिनी पत्र दैनिकका प्रकाशक यम घिमिरे, बढैयाताल गाँउपालिका कृषि शाखाकी सृजना अधिकारी, तालिमका प्रशिक्षक मनिषा थापा, सितली थारू लगायतको उपस्थिति थियो ।

  • १५ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech