समुहमा होली नमनाउन गरिएको अपिलको वेवास्ता

नेपालगन्जमा होली धुमधाम मनाईयो

असल शासन प्रतिनिधि

नेपालगन्ज / रंगहरुको पर्व होली आज देश भरका तराई जिल्लाहरुमा धुमधामका साथ मनाईएको छ ।
यस बर्ष कोभिड जोखिमका कारण होली परिवारमा मात्रै सिमित गरि मनाउन स्थानीय प्रशासनले गरेको अपिलको वेवास्ता गर्दै आम नागरिकहरु निर्धक्क नाचगान सहित नेपालगन्जका विभिन्न स्थानमा समुहमा नै होली मनाईरहेका थिए । सोमबार बिहानै देखि नेपालगन्जका विभिन्न चौक तथा मुख्य स्थानहरुमा युवा युवतिहरुको झुन्ड अविर दल्दै होली मनाईरहेका थिए । प्रहरी प्रशासनले समुहमा होली खेलेको देखेमा कार्वाही गर्ने पूर्व जानकारी गराएको भएपनि होली मनाई रहेका आम नागरिकहरुलाई प्रहरीले कुनै पनि प्रकारको हस्तक्षेप गरेको देखिएन । नेपालगन्जको सदरलाईन, न्यूरोड, त्रिभुबन चौक लगायतका स्थानमा निकै पातलो सख्यामा मात्रै प्रहरी तैनाथ देखिन्थे । प्रहरी कै अगाडी सयौको सख्यामा स्थानीयहरु होली मनाईरहदा प्रहरी भने मुख्दर्शक मात्रै देखिन्थे ।


असत्य माथि सत्यको जितको रुपमा एक आपसमा रंगहरु खेलेर सामाजिक सद्भाव कायम गरि मनाउने होली बाँकेको नेपालगन्जमा विगतका बर्षहरु झै भव्यताका साथ मनाईएको छ ।


नेपालगन्जको त्रिभुवन चौक, बागेश्वरी मन्दिर, त्रिवेणीमोड, न्यूरोड, टांगा स्टेशन लगायतका स्थानमा सडकमा नै ठुलो आवाजको डिजे जडान गरी सयौको सख्यामा स्थानीयहरुले नाच गान र अविर दलेर होली मनाए ।

  • १६ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech