देशभरका सबै शिक्षण संस्था चार दिन बन्द हुने

असल शासन प्रतिनिधि

काठमाण्डौं / देशभरका शिक्षण संस्था चार दिन बन्द हुने भएका छन् ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले ले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो । नेपालको वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण विद्यार्थीमा पर्न सक्ने असर लाई ध्यानमा राखि शिक्षण संस्था बन्द गर्नुपरेको मन्त्रालयले जनाएको छ । लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बैठकको निस्कर्ष थियो । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्मा, सहसचिव डा. हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो ।

मन्त्रालयको निर्णय सँगै देशभरका शिक्षण संस्थाहरु मंगलवार (चैत्र १७ गते) देखि शुक्रबार (चैत्र २० गते) सम्म बन्द रहनेछन् । बैठकले यस्तो निर्णय गर्नु पूर्ब मन्त्री श्रेष्ठले नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरि निर्णय गरेको बुझिएको छ ।

  • १६ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech