थुनुवालाई एसपी रानाले दिए शुभकामना

असल शासन प्रतिनिधि

नेपालगन्ज / रंगहरुको पर्व होलीको अवसरमा बाँके प्रहरीको हिरासत कक्षमा रहेका थुनुवाहरुसँग प्रहरी प्रमुखले होलीको शुभकामना आदान प्रदान गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले कार्यालयमा कार्यरत प्रहरी कर्मचारी र हिरासत कक्षमा रहेका थुनुवाहरुलाई अबिर लगाएर सोमबार होलीको शुभकामना आदान प्रदान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


होलीको शुभकामना आदान प्रदान गर्दै प्रहरी उपरीक्षक ओम बहादुर रानाले जिल्लामा कार्यरत प्रहरी कर्चारीहरुलाई उज्जवल भविष्यको कामना सहित उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशक दिएका थिए ।
सो क्रममा प्रहरी उपरीक्षक ओम बहादुर रानाले हिरासत कक्ष भित्र रहेका थुनुवाहरुलाई अविर लगाउदै एकता र भाईचाराको पर्वको रुपमा मनाईने होली पर्व आपसी सद्भाव र मेलमिलाप कायम राख्नका लागी मनाईने भन्दै शुभकामना दिएका थिए ।

  • १७ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech