बल्दैनन् नेपालगन्जका हाइमास्ट, बिग्रिएका सोलार बत्ती पनि बनेनन्

असल शासन प्रतिनिधि

म नेपालगन्जको गणेशमान चोकबाट काँरकादोस्थित भाटभेटनी सुपर मार्कोटमा सामान किन्नको लागि जाँदै थिएँ । बेलुकाको ८ बजिसकेको थियो । सवारी साधनहरु तीव्र गतिमा गुडिरहेका थिए । झट्ट हेर्दा सबैलाई घर जान हतार भएजस्तो देखिन्थ्यो । तर अँधेरो सडकमा विपरीत दिशाबाट छिटो बाटो काटेर गन्तव्यमा पुग्न हतारिएकाहरु ठोक्केलान कि झैं गरेर सवारी साधन चलाइरहेका थिए । तर मधुरो सोलार बल्बले मेरो पनि आँखा तिरमिराए अनि बिस्तारै बिस्तारै स्कुटी चलाउँदै गएँ ।

गणेशमान चोकमा हाइमास्टको बल्ब अझै तयार भएको थिएन । बिपी चोकमा उज्यालो होला भन्ने सोचेर गएको त्यहाँको पनि हाइमास्ट बल्ब मात्र होइन बिपी चोककै हाइमास्ट बल्ब पनि बलेको थिएन । अनि बीच बीचमा रहेका साना शोलार बल्ब पनि बलेका थिएनन् । कुनै बेला ती साना साना शोलार बल्बले पनि नेपालगन्ज शहरलाई झलमल्ल पारेका थिए । तर जीर्ण भएका शोलार बत्तीको मर्मत सम्भार नहुँदा कागलाई बेल पाक्यो हर्ष न बिस्मात् जस्तै भएको छ ।

यस विषयमा उपमहानगरपालिकाले बेलैमा ध्यान पु¥याउनुपर्छ भन्ने भावनाका साथ गन्तव्यमा लागे । कारकाँदो चोकमा पुगेपछि त्यहाँको अवस्था पनि यस्तै देखें । त्यसपछि मनमा अनेक प्रश्न उब्जिन थाले । आखिर किन यी निभेका सोलार बत्तीप्रति ध्यान नगएको होला । सोलार सिस्टमबाट बिजुली बाल्दा बिद्युतको खपत भएको छ । लोडसेडिङको समस्या हल हुन जान्छ । तर मर्मत सम्भार नहुँदा फेरि पनि लगानी गर्ने अवस्था आएमा ठूलो धनराशीको नोक्सान हुन्छ भन्ने जस्ता भावनासँग जुध्दै भाटभटेनीसम्मको यात्रा पूरा गरें । यात्रा अवधिमा मलाई बिग्रिएको हाइमास्ट बल्ब नबल्दा यात्रामा असहज भयो । किनभने उजेलोमा हिँडिरहेको यात्रीलाई अँधेरोमा यात्रा गर्न अप्ठेरो हुन्छ । अनि अर्कोतर्फ अँधेरोमा दुर्घटनाको जोखिम धेरै हुन्छ । त्यो पनि नेपालगन्ज जस्तो व्यस्त शहरमा । यस कुरालाई मध्यनजर गरी बिग्रिएका बल्ब बनाउनु पर्छ भने हाइमास्ट बल्बलाई फेरि बाल्नको लागि समयमा मर्मत गर्नुपर्छ । यो प्रयास गर्न नसकेको खण्डमा नेपालगन्ज शहरको सौन्दर्यता त हराउँछ नै अर्कोतर्फ दुर्घटना पनि बढ्दै जाने देखिन्छ । त्यसैले यस विषयमा नेपालगन्ज उपमहानगरपालिकाले बेलैमा ध्यान दिन आवश्यक छ ।
–एक भुक्तभोगी

 

  • १८ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech