सुस्तमनस्थितिलाई बलात्कार गर्ने पक्राउ

असल शासन प्रतिनिधि

कञ्चनपुर–  सुस्त मनस्थिति एक महिलामाथि जबरजस्तीकरणी गर्ने एक पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–२ दशरथबस्थी निवासी ३५ वर्षीया सुस्त मनस्थिति महिलामाथि मंगलबार राति जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका ४० वर्षीय जग्गु चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

  • १८ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech