एटीएम ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ

असल शासन प्रतिनिधि

काठमाडौं/एटिएम मेसिन ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा २९ वर्षीय वाङ जियोलोङलाई काठमाडौं स्थित ठमेलको ज्याठाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले ज्याठास्थित मेगा बैकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट मोबाइल ४ थान, बिभिन्न किसिमका १० वटा चाबीहरुसहितको झुप्पा १ थान, विभिन्न बैंकको १० थान एटीएम कार्ड, चाइनिज युआन २ हजार ३ सय ८२ , अमेरिकी डलर ६५ र नेपाली २ हजार ११० रुपैयाँ बरामद गरेको छ ।

  • १८ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech