बैतडीमा आफैंले चलाएको गोली लागेर घाइते युवकको मृत्यु

असल शासन प्रतिनिधि

बैतडी / गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको बुधबार मृत्यु भएको छ।

मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौं रिफर गरिएको थियो।

काठमाडौंमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनिएपछि अत्तरिया पुग्दा चन्दको मृत्यु भएको हो ।

चैत १४ गते घरमै रहेका बेला आफैंले बन्दुक चलाउँदा घाँटीमा गोली लागेर घाइते भएका हुन ।

  • १८ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech