बर्दियामा गैंडा गणना शुरु

असल शासन प्रतिनिधि

बर्दिया / बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा गणना शुरु भएको छ । बुधबारदेखि सुरु भएको गैंडा गणना १४ दिन सम्म चल्ने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको गैंडा पाईने कर्णाली नदी तटीय क्षेत्र र बबई नदी तटीय क्षेत्र एवं आसपासको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गैंडा गणना गरिनेछ ।

गैंडा गणनाका लागि निकुञ्जका १० वटा हात्तीको प्रयोग गरिएको छ ।

गणनाका लागि १० जना मुख्य गणक र १० जना सहायक गणक तथा हात्तीसारका ३० जना कर्मचारी गरी ५० जना परिचालित भएका छन् ।

गैंडा गणनासँगै गैंडाको वासस्थान एवं अन्य वन्यजन्तुको अवस्थाबारे पनि जानकारी लिईने निकुञ्जले जनाएको छ ।

गणकहरुले गैंडा गणना गर्नका लागि जिपिएस, क्यामेरा, दुरविनको प्रयोग गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

४ देखि ५ वर्ष अन्तरालमा देशभरी गैंडा गणना गर्ने गरिन्छ ।

सन् २०१५ मा गरिएको गणनाबाट बर्दिया निकुञ्जमा २९ वटा गैंडा रहेका थिए ।

यस पटकको गणनाबाट बर्दियामा गैडाको संख्या बढ्न सक्ने निकुञ्जले अनुमान गरेको गरिएको छ ।

  • १८ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech