सात वर्षे बालकलाई ‘ब्लड क्यान्सर’सहयोगका लागि अपिल

असल शासन प्रतिनिधि

कोहलपुर / बाँकेको कोहलपुर वडा नम्बर १३ खड्कवारका डेभिड डाँगी अहिले जीवन र मृत्युको दोसाँधमा छन् । उनी दुई महिनादेखि ब्लड क्यान्सरका कारण अस्पतालमा थलिएका छन् ।

डेभिड गोल्डेन फिचर निवुबामा कक्षा २ मा अध्ययनरत छन् । फागुन पहिलोसाता तिरको कुरा हो, उनी सधै झै उज्जवल भविष्य निर्माणको लागि विद्यालय गएका थिए ।

विद्यालयमा गएको बेलामा उनको अनुहारमा एक्कासी समस्या देखिन थाल्यो । उनको अनुहारमा घरि रातो, घरि निलो र घर कालो हुने समस्या देखिन थाल्यो ।

घरको कान्छो छोरालाई एक्कासी समस्या देखिन थालेपछि डाँगी परिवार आत्तियो हत्तपत्त कोहलपुर ११ स्थित उज्ज्वल मेडिकल हलमा पु¥याइयो ।त्यहाँका डाक्टरले केहीछिनको परिक्षणपछि कोहलपुर मेडिकल कलेजमा लिन सुझाए ।

पछि कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा लगियो । त्यहाँ लिन वित्तिकै उनलाई शरिरमा रगत चढाइएको थियो । एक पाउण्ड रगत बाहेक अरु रगत शरिरमा चढेन । चारदिनको उपचारपछि अस्पतालले चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रिफर गरिदियो । त्यतिबेलासम्म डेभिडलाई के रोग लागेको थियो । परिवारले केही पनि पत्तो पाउन सकेको थिएन ।

करिब एक महिनाको अत्यासपछि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले डेभिडलाई ब्लड क्यान्सर भएको पुष्टि ग¥यो ।आर्थिक रुपमा विपन्न उनको परिवारमा एकाएक कालो बादल मडारियो । डेभिडकी हजुरआमा रामकली डाँगी क्षेत्रीले नातीको उपचारको लागि लाखौँ रकम लाग्ने अस्पतालले जानकारी दिएको बताइन् ।

अहिले चितवनस्थित अस्पतालमा रहेका उनको उपचारको लागि १४–१५ लाख रुपैयाँ लाग्छ । उनले घरको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको भन्दै लाखौँ रकम व्यवस्थापन गर्न धौधो भएको बताइन् । दैनिक किमोको २२ हजार रुपैयाँ लाग्छ । प्रत्येक दिन अन्य औषधिको रकम छुट्टै लाग्ने उनको भनाइ छ ।

उनले एकसाताको अवधीमा मात्रै १ लाख ५ हजार रुपैयाँ खर्च भइसकेको जानकारी दिइन् । ‘नातीको उपचारका लागि दैनिक हजारौ रुपैयाँ लाग्छ । अहिलेसम्म ऋण गरेर भएपनि चलाएका छौ । अब त घरखेत बेच्नु बाहेक अर्को विकल्प छैन । मेरो नातीको ज्यान बचाइदिन अनुरोध गर्दछौ ।’ 

उनका अनुसार नाती बिरामी परेदेखि घरमा धेरै तनाब छ । उनको उपचारको लागि कोहलपुर नगरपालिका र वडा नम्बर १३ ले सिफारिस गरिदिएका छन् ।स्थानीय सरकारको सिफारिसपछि उपचारमा दुई लाख जति कम हुने भएपनि दैनिक खर्च जोहो गर्न हैरानी उनको परिवारले भोगिरहेको छ । अहिले उनका बेरोजगार आमाबुबा उपचारको लागि दौडदुप गरिरहेका छन् । परिवारमा आम्दानीको स्रोत केही पनि छैन । उनको परिवार ज्यालादारी गरेर जिविकोपार्जन गर्दै आएको छ ।

उनका बुवा डिल बहादुर डाँगी आमा रिता देवि सम्वाहाम्फे क्षेत्री अहिले चितवनमा उपचार गराइरहेका छन् ।उनलाई सहयोग गरिदिनको लागि परिवारले अपिल गरेको छ । उनलाई सहयोग गर्न चाहने महानुभावहरुले चुडामणी ओलीको नाममा रहेको गरिमा विकास बैंक चप्परगौडि शाखा कोहलपुरमा रहेको खाता नम्बर ०७१०१८००८३७८२८००००० मा सहयोग गर्न सकिने परिवारले जनाएको छ । उनलाई लगातार एक वर्ष अस्पतालमा राख्नु पर्ने र ती वर्षसम्म औषधि खुवाइरहनु पर्ने अस्पतालले जनाएकोे छ ।

  • १९ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech