सुरक्षित आप्रवासन परियोजना (सामी) को अर्धवार्षिक समिक्षा सम्पन्न

असल शासन प्रतिनिधि

कोहलपुर/ बाँके जिल्लाका चार पालिकामा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) को अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । बिहीबार नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाको अर्धवार्षिक समिक्षा गरिएको हो ।

सुरक्षित आप्रवासन परियोजना (सामी) का संयोजक मिना चौधरीले बाँके जिल्लामा भएका काम र प्रगतिहरुको विस्तृत रुपमा प्रस्तुतीकरण गरेकी थिइन् । प्रस्तुतीकरणमा उनले आप्रावासी स्रोत केन्द्रमा ७५ जनाको केश प्राप्त भएको बताइन् ।

जसमध्ये ४० वटा केशहरुको समस्याको समाधान भएको उनले बताइन् । समाधान भैसकेका व्यक्तिहरुको २२ लाख १० हजार रुपैयाँ र्फिता पाएको सामी परियोजनाका संयोजक चौधरीले बताइन् ।

यस्तै उनका अनुसार परियोजनाले बाँकेमा ४ हजार ५ सय जनालाई सूचना तथा परामर्श पुरा लक्ष्य राखेको छ ।तर अर्धबार्षिकमा नै लक्ष्यको ५० प्रतिशत पुरा भैसकेको छ । जसमा २ हजार २ सय ५० जना र रिटर्नी स्वयमसेवकद्वारा १ हजार ३ सय ९४ जनाले सेवा प्राप्त गरेका संयोजक उनले जानकारी दिइन् । संयोजक चौधरीका अनुसार वित्तीय प्रगती ४८.४७ प्रतिशत रहेको बताइन् ।

सबैभन्दा बढी वित्तीय प्रगती बैजनाथ गाउँपालिकामा देखिएको छ । जहाँ कुल बजेटको ५० प्रतिशत रहेको छ । यस्तै नेपालगन्ज उप–महानगरपालिकामा वित्तीय प्रगती कम देखिएको बताइन् । नेपालगन्जमा ७४.१८ प्रतिशत, कोहलपुरमा ४९.१२, बैजनाथमा ५०.७० र खजुरामा ४९.०९ प्रतिशत वित्तीय लक्ष्य प्राप्त भएको छ ।

यस्तै वातावरण तथा ग्रामीण विकास केन्द्रका (इन्रुडेक)बाँकेका अध्यक्ष धर्म रोकायले परियोजनामार्फत सूचना,सीप र न्यायमा पहँुच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनका अनुसार अहिले बैदेशिक रोजगारको क्रममा निकै समस्या देखिएका छन् । जस्तै कम्पनीले काम नदिएको,कम्पनीले खान तथा बस्न नदिएको, करार सम्झौता भन्दा तलब कम दिएको,कम्पनीले काम गरेका अवधिको तलब नदिएको यावत समस्यामा परिरहेको उनले बताए ।

यस्ता व्यक्तिहरुको समस्या समाधान गर्न सहजीकरणका लागि परियोजना सञ्चालन गरिरहेको रोकायले बताए।

यस्तै अर्धबार्षिक समिक्षामा नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ र खजुरा गाउँपालिकाका प्रमुख, उप–प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारीहरुकोे सहभागिता रहेको थियो ।

 

  • १९ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech