नेपालगन्जमा सडक दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाइते

असल शासन प्रतिनिधि

 

नेपालगन्ज/ नेपालगन्जमा आज विहान सडक दुर्घटना भएको छ ।

आज विहान साढे ७ बजे तिर सडक दुर्घटनामा परी कोहलपुर नगरपालिका वडा नम्बर ११ का २९ बर्षिय मोटरसाइकल चालक मदन वली गम्भिर घाइते भएका छन भने पछाडि सवार उनकी आमा ५० बर्षिय सिता वली घाइते भएकी छिन ।

घाइते दुबै जनाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

धम्बोजीबाट बसपार्क जादै गरेको भे १ त २५८८ नम्बरको ट्याक्टर र विपरित दिशाबाट आइरहेको भे २ ख् ८१५३ नम्बरको मोटरसाइकल पुष्पलाल चोकमा एकआपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ट्याक्टर र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।

  • २० चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech