मधुवनमा जनप्रतिनिधि र कर्मचारीलाई तालिम

असल शासन प्रतिनिधि

बर्दिया / बर्दियाको मधुवन नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरुका लागि सकारात्मक सोच, सुशासन तथा नेतृत्व बिकास तालिम गरिएको छ ।
मधुवन नगरपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा आज सो तालिम सम्पन्न भएको हो । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्ण हरि बास्कोटाले सुशासन, सूचनाको हक, नेतृत्व बिकास, पालिकाकाका काम, कर्तव्य र अधिकार बारे प्रशिक्षण गरेका थिए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा स्वागत मधुबन नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत ओमकार शाहले गरेका थिए ।


तालिममा मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, उपप्रमुख शुबरानी थारु, वडाध्यक्ष, कार्यपालिका सदस्य, बिषयगत शाखाका प्रमुख, वडा सचिव लगायत ४० बढिको सहभागिता रहेको थियो । तालिमको व्यानर पढेर उद्घाटन नगर प्रमुख गणेश बहादुर क्षेत्रीले गरेका थिए ।

  • २० चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech