नेपालगन्ज उपमहानगरपालिकामा आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना

असल शासन प्रतिनिधि

 

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिकाले अब बिपद व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउने प्रयास सुरु गरेको छ ।

जस अन्र्तगत शुक्रबार एक कार्यक्रमका बिच कार्यालय परिसरमा आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना गरिएको छ ।

कार्यसञ्चालन केन्द्रको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल समशेर राणा ,उपमेयर उमा थापा मगर र प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्काले संयुक्त रुपमा उदघाटन् गरेका हुन ।

उदघाट्नपछि गरिएको अभिमूखीकरण कार्यक्रममा मेयर डाक्टर राणाले नेपालगन्जमा अन्य बिपद भन्दा धेरै आगलागीको समस्या भएकाले प्याकेज बनाएर राख्ने र तुरुन्त सहयोग गर्ने बातावरण बनाएर काम गर्ने योजनामा रहेको बताए ।

उनले बिपद पूर्व तयारीका बिषयमा नेपालगन्ज उपमहानगरपालिका सदै तत्पर रहेको बताए ।

जिआईजेडको सहयोग तथा नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा यो योजनालाई दिर्घकालिन बनाउने कामको सूरुवात भएको हो ।

बहुप्रकोपको दृष्टिकोणले नेपालगन्ज उच्च जोखिममा रहेकाले बाढी,आगलागी र हावाहुरी जस्ता प्रकोपका कारण उत्पन्न हुने धनजनको क्षति कम गर्ने उदेश्यले यो कामलाई प्राथमिकता दिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

विपदको पूर्व तयारी ,बिपदको अवस्था र बिपद पछि गर्नुपर्ने कार्यहरुलाई प्रभावकारी रुपमा गरी नमुनाको रुपमा बिकास गर्ने योजना रहेको जनाइएको छ । यसपछि अन्य स्थानिय तहमा पनि सोही अनुसारको काम गर्ने सहयोगी संस्थाले जनाएको छ ।

 

  • २० चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech