गुलरियामा सकारात्मक सोच, सुशासन तथा नेतृत्व बिकास तालिम

असल शासन प्रतिनिधि

बर्दिया / बदियाको गुलरिया नगरपालिकाका जन प्रतिनिधि र कर्मचारीका लागि सकारात्मक सोच, सुशासन तथा नेतृत्व बिकास तालिम सम्पन्न भएको छ ।
गुलरिया नगरपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्ण हरि बास्कोटाले सुशासन, सूचनाको हक, नेतृत्व बिकास, पालिकाकाका काम, कर्तव्य र अधिकार बारे प्रशिक्षण गरेका थिए ।


गुलरिया नगरपालिकाका उप प्रमुख सुशिला गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले स्वागत गरेको कार्यक्रममा धन्यबाद ज्ञापन सहित समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए । तालिममा नगर कार्यपालिका पदाधिकारी र कर्मचारीको सहभागिता रहेको
थियो ।

  • २० चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech