नरैनापुरका १सय २० घर आगलागी पीडितलाई राहत वितरण

असल शासन प्रतिनिधि

 

बाँके/ बाँकेको नरैनापुरमा आगलागीका घटना बढ्दै गएका छन । गर्मि सुरु भएसँगदै बढ्दै गएका आगलागीका घटनाले स्थानियहरु समस्यामा परेका छन ।

शनिवार पनि नरैनापुरमा १ सय २० जलेका छन् ।यो यस बर्षको पाँचौ घटना हो ।

नरैनापुर गाउँपालिका वडा नम्बर ४स्थित खोदवामा शनिबार दिउँसो ३ः३५ बजे फकिरे पठानको घरबाट सुरु भएको आगलागीले अन्य घरहरु पनि सल्किएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आगलागी नरैनापुर गाउँपालिकाको एउटा र नेपालगन्ज उपमहानरपालिकाको २ वटा दमकल र कोहलपुर नगरपालिकाको एउटा दमकलले निभाएका हुन । आगलागीबाट नरैनापुर ४ का ५५ वर्षका मिश्रीलाल पासी, उनकी पत्नी ५२ वर्षकी मायावाती पासी र ३५ वर्षकी गुणवाती पासी आगोले जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

अहिले घाइतेहरुको अवस्था सामान्य रहेको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले प्रभावित स्थानमा विपद् व्यवस्थापन समिति बाँकेबाट आवश्यक पर्ने खाद्यान्न वितरण गरेको छ ।

घटना स्थलमा लुम्बीनी प्रदेशका सांसद कृष्णा केसी नमूना , बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानासहितको टोलीले राहात वितरणको काम गरिरहेको जिल्ला आपतकालिन कार्यसन्चालन केन्द्र बाँकेका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

  • २२ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech