जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँमा आगलागी हुँदा ३५ घर जले

असल शासन प्रतिनिधि

 

जुम्ला/  जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेका छन ।

जिल्लाको दुर्गम भेगमा पर्ने सो गाउपालिकामा के कति कारणले आगलागी भएको भन्ने नखुलेको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

हाल सम्म कुनै मानवीय क्षतिको घटना भने आएको छैन । शनिबार राती करिब ९.४५ बजे आगलागी भएको हो ।

पचहत्तर घर भएको मुल्लीमा वर्षायाममा भण्डारण गरिराखेको ३५ घरभित्रको अन्नबाली पनि सखाप भएको स्थानीयले बताएका छन ।

तिला–९ ढिपुगाउँ वर्षायाममा छ महिना बस्ने बस्ती हो । यस समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकाले सबै ढिपुगाउँमा बसेका छन् ।

शनिबार राती करिब ९.४५ बजे आगलागी भएको हो ।

  • २२ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech