स्रोत नखुलेको ४३ लाख रुपैयाँ र गहनासहित पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ स्रोत नखुलेको ४३ लाख रुपैयाँ सहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दीप कौशल रहेका छन् । उनलाई का काठमाडौंस्थित चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट पक्राउ गरिएको हो ।

तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००–६ ख ०९१२ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा ४३ लाख नगद र ९ थान पोतेसहितको छड्के तिलहरी फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बसको यात्रु हिँड्ने प्यासेजमा कार्टुनमा टेपले बाँधेको अवस्थामा नगद र तिलहरी भेटिएको थियो ।

  • २२ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech