स्वतन्त्र पत्रकार संघमा नयाँ नेतृत्व

असल शासन प्रतिनिधि

नेपालगन्ज / स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा बाँकेको तेश्रो अधिबेशन आज नेपालगन्जमा सम्पन्न भएको छ ।
स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्सद तथा पूर्व महासचिब नवराज पहाडीको प्रमुख आतिथ्यतामा भएको अधिबेशनमा बोल्दै पहाडीले स्वतन्त्र पत्रकारिता अहिलेको आवश्यक रहेको बताए । उनले कहिले पनि सञ्चारकर्मी पूर्वाग्रहरी हुन नहुने भन्दै पत्रकारितामा मौलाएको बिकृती अन्त्य गर्न स्वतन्त्र पत्रकारहरुको सक्रियता जरुरी रहेको बताए । स्वतन्त्र पत्रकार संघले देशका २५ जिल्लामा शाखा विस्तार गर्दै शसक्त रुपमा अगाडी बढीरहेको बताउदै अवको अभियान देशब्यापी विस्तार सँगै सशक्तिकरण पनि हुने उनको भनाई थियो । उनले जिल्ला शाखा बाँकेले बाँकेमा स्वच्छ पत्रकारिताको छाप छोड्न सफल होस सुवेक्षा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै र्काक्रमका अतिथि बरिष्ट पत्रकार बासुदेव श्रेष्ठले स्वतन्त्र पत्रकारिता अहिलेको आवश्यकता रहेको बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रममा अतिथि बरिष्ट पत्रकार निरज गौतमले स्वतन्त्र पत्रकार नामले नै गौरवाम्वीत बनाउने भन्दै कार्यक्रममा आउदा नौलो पनको बोध भएको बताए । शुरुका दिनमा पत्रकारितामा स्वतन्त्र रुपमा नै प्रबेश गरेपनि विस्तारै राजनितिक भुमरीमा पर्ने भन्दै पत्रकारिताको सत्कर्मलाई थप उचाई दिन स्वतन्त्र पत्रकार संघमा आबद्ध भएको बताए । उनले अबको आफ्नो जिवन स्वतन्त्र पत्रकारिताको वकालतमा खर्चिन प्रतिबद्धता गरे ।


यसै गरी कार्यक्रममा बोल्दै बरिष्ट सञ्चारकर्मी कमल बिके निर्मोहिले कुनै पनि पत्रकारको आत्म सन्तुष्टीका लागि स्वतन्त्र पत्रकारिता आवश्यक हुने बताए । पत्रकार स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता रहेको बताउदै उनले अवको यात्रा स्वतन्त्र पत्रकारिताको विकास र विस्तार मा हुने प्रतिबद्धता गरे । कार्यक्रममा गैसस महासंघ बाँकेका पूर्व अध्यक्ष तेज विक्रम शाह, हरि जमुना स्वतन्त्र पत्रकारिता कोषकी संथापक माधबी शाह लगायतले बोलेका थिए । स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा बाँकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बाँके शाखाका सदस्य खेम बिष्टले गरेका थिए । स्वतन्त्र पत्रकार संघ बाँके शाखाका हेमराज भट्टले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा ५० बढीको सहभागिता रहेको थियो ।
बरिष्ट पत्रकारहरुलाई सम्मान
स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाको तेश्रो अधिबेशनमा दुई जना बरिष्ट पत्रकारलाई सम्मान गरिएको छ ।
विगत तिन दशक देखि बाँके जिल्लाको पत्रकारितामा क्रियाशिल रहदै आएका बरिष्ट पत्रकार बासुदेब श्रेष्ठ र निरज गौतमलाई सम्मान प्रदान गरिएको हो । श्रेष्ठलाई समाजसेवी माधबी शाहले आफ्ना माता पिताको सम्झनामा स्वतन्त्र पत्रकार संघको संरक्षकत्वमा स्थापना गरेको हरि जमुना स्वतन्त्र पत्रकारिता पुरस्कार नगद राशी पाँच हजार एक सय एकाउन्न सहित सम्मान गरिएको हो भने गौतमलाई पत्रकारिता बिशेष सम्मान प्रदान गरिएको हो । द्धय पत्रकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघका राष्टिय सल्लाहकार तथा पूर्व महासचिब नवराज पहाडी र कोषकी संस्थापक माधवी शाह र स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले दोसल्ला, सम्मान पत्र सहित सम्मान गरेका थिए । सम्मान ग्रहण गर्दै बरिष्ट पत्रकारद्धय श्रेष्ठ र गौतमले संघलाई धन्यबाद दिदै स्वतन्त्र पत्रकारिताका लागि आफूहरु क्रियाशिल रहने प्रतिबद्धता रहेको बताए । यसैगरी गत बर्ष बरिष्ट पत्रकार पन्नालाल गुप्ता, पूर्णलाल चुके र हेमन्त कर्माचार्यलाई सम्मान गरिएको थियो ।


स्वतन्त्रमा स्वागत
विभिन्न आस्थाका संगठनहरु परित्याग गर्दै स्वतन्त्र पत्रकार संघ नेपालमा आधा दर्जन पत्रकारहरु प्रवेश गरेका छन् ।
यसरी प्रवेश गर्नेहरुमा बरिष्ट पत्रकार निरज गौतम, बरिष्ट सञ्चारकर्मी कमल बिके निर्मोही, क्रियाशिल पत्रकारहरु बिरेन्द्र जैसी (बिपी अस्तु), डिल्ली रमण वली, निशु जोशी, प्रसान्त केसी, जनक थापा, बब्लु शेष लगायत रहेका छन् । प्रबेश गर्ने पत्रकारहरुलाई कार्यक्रममा प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघका राष्टिय सल्लाहकार तथा पूर्व महासचिब नवराज पहाडी र बाँके शाखाका अध्यक्ष नमस्कार शाहले अविर र खादा लगाएर स्वागत गरेका थिए ।


नयाँ कार्यसमिति चयन

स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाको तेश्रो अधिबेशनले पुनः नमस्कार शाहको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको
छ ।
यसरी चयन भएको समितिको उपाध्यक्षमा मन भण्डारी, सचिबमा बिरेन्द्र जैसी, सह सचिबमा शोभा थापा मगर र कोषाध्यक्षमा मुना बिष्टलाई चयन गरेको छ । यसैगरी शाखाको सदस्यहरुमा क्रमशः हेमराज भट्ट, डिल्ली रमण वली, प्रसान्त केसी, जनक थापा, खेम बिष्ट, बब्लु शेष, लोक बहादुर घर्ती र तपेन्द्र मलाती रहका छन् ।
यसैगरी आज नै स्वतन्त्र पत्रकार संघको राष्टिय पार्षदको चयन गरेको छ । जसमा निरज गौतम, कमल बिके निर्मोही, रमेश सिटौला, दिला शाह, बाधवी शाह र शम्भु शाही रहेका छन् । निर्वाचित पदाधिकारी तथा पार्षदहरुको घोषणा तथा बधाई ज्ञापन स्वतन्त्र पत्रकार संघका राष्टिय सल्लाहकार तथा पूर्व महासचिब नवराज पहाडीले गरेका थिए ।

  • २३ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech