बाँकेमा ९२ प्रतिशत मत खस्यो ,मतगणना हुँदै

असल शासन प्रतिनिधि

 

बाँके/ नेपाल पत्रकार महासंघ बाँके शाखाको निर्वाचनमा ९२ प्रतिशत मत खस्यो ,मतगणना सुरु

नेपाल पत्रकार महासंघ बाँके शाखाको आगामी नेतृत्वका लागि मतगणना सुरु भएको छ ।

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनमा बाँकेमा शाखाको मतदानमा जम्मा २९६ मत खसेको छ ।

निर्वाचन अधिकृत केशव कोईरालाका अनुसार विहिार साँझसम्म सम्पूर्ण नतिजा सार्वजनिक भइसक्ने छ ।

अहिले राष्ट्रियका लागि गरिएको मत गणना गर्ने काम भइरहेको छ । विहिबार विहान साढे १० बजेबाट गणना सुरु भएको हो ।

अहिलेसम्म पिपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता लिएको छ । यस्तै लुम्वीनी प्रदेशको पनि मतगणता सुरु भएको छ । निर्वाचनमा बुधबार झन्डै ९२ प्रतिशत मतदान भएको छ ।कूल मतदाता ३२३ रहेकोमा २ सय ९६ मत खसेको निर्वाचन अधिकृत केशव कोइरालाले बताए ।

चौतारी र प्रगतिशील पत्रकार संघको संयुक्त लोकतान्त्रिक व्यवसायिक पत्रकारको प्यानलबाट अध्यक्षमा दामोदर भण्डारीसहित र प्रेस चौतारी, प्रेस संगठन, प्रेस मञ्चलगायतको साझा प्यानलबाट अध्यक्षमा डक्टप्रसाद धितालको प्यानलसहित २० सदस्यीय कार्यसमिति, राष्टिय परिषद सदस्य ७ र प्रदेश परिषद् सदस्य २२ जना चुनावी मैदानमा रेहेका छन् ।

यस्तै स्वतन्त्र पत्रकार संघ बाट हेमराज भट्ट र मन भण्डारी जिल्ला कार्यसमिति सदस्य पदमा पहिलो पटक चुनावी मैदानमा रहेका छन ।

  • २६ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech