बाँके बसाई उत्साहजनक र उपलब्धीपूर्ण प्रमुख जिल्ला अधिकारी —कुरुङबाङ

असल शासन प्रतिनिधि

बाँके / बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङको कैलाली जिल्लाको टिकापुर स्थित ईलाका प्रशासन कार्यालयमा सरुवा भएको छ ।

बाँके जिल्लामा कोरोना संक्रमण भयभित भएको अवस्थामा अवस्था सुधार गर्न भन्दै कुरुङबाङलाई बाँके जिल्ला बोलाइएको थियो ।

राम्रो काम गर्ने प्रमुख जिल्ला अधिकारी भित्र पर्ने कुरुङबाङको चर्चा देशैभरी रहेको छ ।

उनी जहाँ पुग्छन त्यहाँ प्रभावकारी रुपमा काम गर्छन भन्ने छबि उनमा छ । करिब ११ महिनाको बाकेको प्रजिअको जिम्मेवारी पूरा इलाका प्रशासन कार्यालय टिकापुरमा पुगेका कुरुङबाङको कार्यकाल बाँकेमा उत्साह जनक नै छ ।

यस अवधिमा उनले कोरोना महामारीमा २५० बेडको कोरोना वार्डबाट ७७ जिल्लामै उकृस्ट उपचार र ब्यवस्थापन ,भन्सार लक्ष भन्दा १३५% बढी अर्थात ४ अर्ब बढी राजस्व संकलन , १५० जना क्षमताको एसि सहितको सेवाग्राही कक्ष निर्माण ,खजुरा ३ को एक अर्ब बराबरको १७ बिग्गाह जग्गा भुमाफियावाट नेपाल सरकारमा फिर्ता गर्न सफल भएका छन ।

यस्तै सिक्टा सिंचाई शुन्यबाट २२ हजार हेक्टरमा सिचाइ सुबिधा , नेपालगन्ज गुलरिया सडक खण्डको मानपुरको राणाकालिन घर हटाउने काम , जिल्ला प्रशासन कार्यालयको परिसरको सौन्दर्यकरण , मालपोत , नापी र यातायात कार्यालयको सेवाप्रबाहमा आशातित सुधार गरेकोमा उनले खुसी व्यक्त गरेका छन।

बाँकेको नरैनापुरमा पहिलो पटक विद्युत प्रशारण , पुजिगत खर्चमा बढोत्तरि बिकाश निर्माणमा दशककै बढी , नरैनापुर, नेपालगन्जमा आगलागी नियन्त्रण र तत्काल राहत तथा उद्दारको कामलाई उनले सफल रहेको दाबी गरेका छन।

यसैगरी मौलिक प्राकृतिको घुम्ती शिबिरको शुरुवात , भेरी अस्पताल देसकै उत्कृष्ट अस्पताल घोसित ,प्रहरीद्वारा ५७० ( लुम्बिनी प्रदेशको ९०%) फरार अपराधी पक्राउ , स्थानीय तहबाट २ थान सबारी साधन खरिद गरि प्रहरीलाई हस्तान्तरण गर्ने काम गर्न सफल भएको सरुवाको जानकारी पछि समामाजिक सञ्जाल मार्फत गराएका छन ।

  • २६ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech