नेपालगन्ज २१ का जनप्रतिनिधि र कर्मचारीलाई असल शासन तालिम

असल शासन प्रतिनिधि

नेपालगन्ज / जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने असल शासन बिषयक तालिम आज देखि नेपालगन्जमा शुरु भएको छ ।
नेपालगन्ज उमपहानगरपालिका वडा नम्बर २१ का जनप्रतिनिधि र कर्मचारीहरुको सहभागितामा सो तालिम सञ्चालन भएको हो ।
जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिबृद्धी गर्ने तथा असल शासनका बारेमा जानकारी गराउने उद्धेश्यले तालिमको आयोजना गरिएको हो । तालिमको पहिलो दिन असल शासनको परिभाषा,असल शासनका आधारभुत तत्वहरुका बिषयमा बासका निर्देशक हेमराज भट्टले सहजिकरण गरेका छन् । भने तालिमको क्रममा वडाले सुशासन प्रबद्र्धनमा गरेका राम्रा कार्यहरु र सुशासन प्रबद्र्धनका लागि गर्नुपर्ने कार्यहरुका बारेमा समुहगत छलफल गरिएको थियो ।


नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ को सहयोग तथा नाईस नेपालगन्जको आयोजनामा शुरु भएको तालिमको उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष रन्जीत खाँले जनप्रतिनिधि र वडाका कर्मचारीलाई असल शासनका बिषयमा आवश्यक जानकारी प्रदान गर्न तालिमको आयोजना गरिएको बताए । नाईस नेपालगन्जकी सदस्य शोभा थापामगरले सञ्चालन गरेको तालिममा स्वागत नाईसका सहसचिब रुपा चौधरीले गरेकी थिइन् । तालिममा वडा अध्यक्ष रन्जीत खाँ सहित पदाधिकारीहरु, वडा सचिब सुर्य नेपाली र कर्मचारी गरी १५ जनाको सहभागिता रहेको थियो । तालिम भोली सम्म चल्नेछ ।

  • २९ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech