नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र र सपथ ग्रहण एकसाथ

असल शासन प्रतिनिधि

 

बाँके/  नेपालगन्जमा आईतबार एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघको निर्वाचनमा विजयी सम्पुर्ण पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी, उपाध्यक्ष संगीन शर्मा, महिला उपाध्यक्ष करुणा शाह, सचिव कमल डाँगी, सहसचिव कृष्ण ओली, समावेशी सहसचिव हेमन्त चौधरी, कोषाध्यक्ष विनोद पौडेल, महिला सदस्य सावित्री गिरी, खुल्ला सदस्यहरु सौरभ गिरी, सुनिल रेग्मी, जावेद अहमद शाह, दिनेश ठाकुर, निर्मल आचार्य, खगेन्द्र प्रसाद आचार्य, डिल्ली शाही र शंकर लामिछाने दलित सदस्य पवित्रा परियार, मधेशी सदस्य भिष्म लोध, अल्पसंख्यक सदस्य मोहम्मद जावेद हलवाई, जनजाति सदस्य राधेश्याम चौधरीलाई प्रमाणपत्र वितरणसंगै सपथ खुवाइएको निर्वाचन समिति सदस्य अधिबक्ता केशव कोइरालाले बताए ।

सम्पुर्ण पदाधिकारीहरुलाई आइतबार नै प्रमाणपत्र वितरणसंगै सपथ खुवाइएको कोइरालाले बताए । सपथ कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटिका उपाध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अली, पूर्व अध्यक्ष प्रेम केसी, झलक गैरे, नेपाल प्रेस युनियनका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारीका अध्यक्ष हेमन्त विक, प्रेस संगठन नेपालका राजेश आचार्य, भारतीय पत्रकार मणिराम शर्मा लगायतले शुभकामना दिएका थिए ।

 

कार्यक्रमका वक्ताहरुले गैरपत्रकारहरुलाई महासंघबाट विदाई गर्ने गरी सृदृढीकरण अभियान थाल्न सुझाब समेत दिए । नवनिर्वाचित अध्यक्ष दामोदर भण्डारीले सबैलाई समेटेर अघि बढ्ने प्रण गर्दै महासंघको गरिमा उँचो बनाउन आफू प्रतिबद्ध रहने बताए ।

  • २९ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech