बाँके जिल्ला स्तरीय प्रथम नागरिक सम्मेलन सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज/ ११ बुदे नेपालगन्ज घोषणापत्र जारी गर्दै बाँके जिल्ला स्तरिय प्रथम नागरिक सम्मेलन सम्पन्न भएको छ । गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाको आयोजना र बिभिन्न संघ—संस्थाहरुको सहकार्य तथा समन्वयमा आइतबार उक्त नागरिक सम्मेलन भएको गैसस महासंघ बाँके शाखाका सचिब आशिष वर्माले जानकारी दिए ।

नागरिक सम्मेलनको खुल्ला छलफल पश्चात जारी गरिएको नेपालगन्ज घोषणापत्रमा मानव अधिकार, लोकतन्त्र, सामाजिक न्याय र स्वतन्त्रताका लागि नागरिक समाजको भुमिकालाई थप प्रभावकारी बनाउने, संघिय संरचना अनुरुप सामाजिक संघ—संस्था सम्बन्धि नयाँ ऐन ल्याई गैससमैत्री वातावरण सिर्जना गर्न संघ, प्रदेश र स्थानीय सरकार लगायत सम्बद्व निकायसंग जोडदार माग गर्ने, दिगो विकासका लक्ष्यहरुलाई आन्तरिकरण र स्थानीयकरण गर्ने, सामाजिक मुद्वाहरुको उठान गरी बहस गर्ने र तार्किक निष्कर्षमा पुग्नका लागि आयोजित नागरिक सम्मेलनलाई थप ब्यवस्थित गर्दै निरन्तर्ता दिने, कोभिड १९ को कहरले विश्वलाई त्राहिमान पारेर तङ्गिदै गर्दा दोस्रो चरणको कहरले पुनः समस्या पार्ने सम्भावनालाई मध्यनजर गर्दै समयमै सचेत रहन आम नागरिकलाई आहवान गर्ने र सरकारलाई थप जवाफदेही बन्न आग्रह गर्ने, विकास निर्माणमा मात्रै ध्यान केन्द्रित गरेका संघ, प्रदेश र स्थानीय सरकारलाई सामाजिक मुद्वामा संबेदनशिल बन्न जोडदार माग गर्ने, जिल्लामा ब्याप्त बाल बिबाह, लागु औषध, लैङ्गिक हिंसा, मानव बेचबिखन लगायतका सवालहरुमा सशक्त अभियान संचालन गर्ने, गैससहरुको आन्तरिक सुशासन र लोकतान्त्रिक पद्वतिलाई प्रबद्र्वन गर्ने, सार्वजनिक सेवालाई सेवाग्राहीमैत्री र प्रभावकारी बनाउन सरोकारहरुलाई जवाफदेही बनाउने, सामाजिक मुद्वामा बहस, पैरवी गर्न सशक्त नागरिक समाजको रुपमा ऐकबद्व भएर कार्य गर्ने र आम नागरिकलाई सूचना सम्मको पहुँच स्थापित गर्न सरकारसंग माग गर्ने उल्लेख छ ।

गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा बाल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले जिल्लाको समग्र विकासका लागि नागरिक समाजका संस्थाहरुको भुमिका अतुलनिय रहेको बताए । नागरिक समाजका संस्थाहरुले जिल्लाको विकासमा टेवा थप्ने काम गरेको उनले बताए । गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष जितराम लामाले नागरिक समाज कम्जोर नभएको बताए । नागरिक समाज देश विकासको एउटा अभिन्न अंग भएको बताउदै राज्यले नागरिक समाजलाई काम गर्नका लागि गैससमैत्री वातावरण बनाउनुपर्ने लामाको भनाइ थियो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, गैसस महासंघ नेपाल बाँके शाखाका सल्लाहकार पुनित विक्रम शाह, शिवलाल पाण्डे, रविन्द्र कर्ण, रुम टु रिटकी सुष्मा राइ लगायतले बोलेका थिए ।

नागरिक सम्मेलनमा दुइवटा बिषयमा प्यानल छलफल गरिएको थियो । गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष जितराम लामाले गैससमैत्रि वातावरण, दिगो विकास लक्ष्य र सुशासन विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाले अध्यक्षता गरेको उक्त प्यानल छलफलमा गैसस महासंघ बाँकेका सल्लाहकार तेजविक्रम शाहले कार्यपत्रमाथि टिप्पणी गरेका थिए भने गैसस महासंघ बाँके शाखाका सचिब आशिष वर्माले सहजिकरण गरेका थिए । त्यसैगरी सामाजिक समावेशीकरणका लागि सरोकारवालाको भुमिका विषयमा अर्को प्यानल छलफल भएको थियो । गैसस महासंघ बाँकेका सल्लाहकार रबिन्द्र कर्णले कार्यपत्र प्रस्तुत गरेको प्यानलको अध्यक्षता गैसस महासंघ नेपालकी केन्द्रीय सदस्य नेत्रकला शाहीले गरेकी थिइन् । गैसस महासंघ नेपाल बाँकेकी कोषाध्यक्ष निर्मला सुनारले सहजिकरण गरेको प्यानल छलफलमा प्रस्तुत कार्यपत्रमाथि अधिकारकर्मि कमला पन्तले टिप्पणी गरेकी थिइन् ।

गैसस महासंघ नेपाल बाँकेका सचिब आशिष वर्माले सञ्चालन गरेको कार्यक्रममा गैसस महासंघ नेपाल बाँकेका उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाले स्वागत गरेका थिए । कार्यक्रम विभन्न नागरिक समाजका संस्थाका प्रमुख तथा प्रतिनिधि र बिभिन्न क्षेत्रका युवा हरुको उपस्थिती रहेको थियो ।

  • २९ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech