मध्यपश्चिम बहुमुखी क्यापसद्धारा राहत वितरण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज स्थित मध्यपश्चिम बहुमुखि क्याम्पसले राहात वितरण गरेको छ । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्वर ४ पढावा भन्ने स्थानका आगलागी पिडितलाई राहात वितरण गरेको हो ।

क्याम्पसले विद्यार्थीहरुको खाजा खर्च र शिक्षकहरुको एकदिनको पारिश्रमिकबाट रकम संकलन गरेर आवश्यक पर्ने खाद्यान्न वितरण गरेका क्याम्पस प्रमुख भगत बहादुर नेपालीले बताए ।

राहात वितरण कार्यक्रममा नरैपापुर गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष दिनेश प्रसाद शर्मा ,वडासदस्य धनिराम आर्य र इलाका प्रहरी कार्यालय नरैनापुरका सहायक प्रहरी निरीक्षक फत्तेबहादुर हमाल लगायतको सहभागिता रहेको थियो ।

  • २९ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech