कार्यालयमै मदिरा सेवन गर्ने मालपोतका प्रमुख पक्राउ

असल शासन प्रतिनिधि

रुकुम/ कार्यालय समयमै मदिरा सेवन गरेका मोलपोतका प्रमुख पक्राउ परेका छन् । रुकुम पश्चिमका निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
प्रकाउ परेका खड्कामाथि प्रचलित स्थानीय प्रशासन ऐनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए । खड्काले रक्सी खाएर कार्यालय आएको र सेवाग्राहीको कामकाजमा लापर्बाही गरेको गुनासो आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताए ।

  • ३० चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech