वडाले असल शासन तालिम आयोजना गर्नु प्रशंसनीय

उपमहानगरको पारदर्शिता र सुशासन मजबुद हुने विश्वास

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख उमा थापा मगरले वडा कार्यालयले असल शासन तालिम आयोजना गर्नु प्रशंसनिय भएको बताएकी छिन् ।
नेपालगन्ज उपमहानगरपालिका २१ नम्बर वडाको सहयोग तथा नाईस नेपालगन्जको आयोजनामा चैत्र २९ गते देखि सञ्चालन भएको दुई दिने जनप्रतिनिधि र कर्मचारीका लागि असल शासन तालिमको चैत्र ३० गते समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी थापा मगरले सुशासन, पारदर्शिता र जवाफदेहिता सेवा प्रवाह सँग प्रत्यक्ष सरोकारराख्ने बिषय भएकाले तालिम पश्चात वडाको सेवा प्रवाहमा थप सुधार हुने विश्वास ब्यक्त गरिन् । यस्तो तालिम २३ ओटै वडाले गर्नुपर्ने बताउदै उनले २१ नम्बर वडाका सेवाग्राहीहरुले राम्रो सेवा पाउने उनको अपेक्षा थियो । वडाले गर्ने यस्ता तालिमले उपमहानगरपालिकाको समग्र पारदर्शिता र सुशासन मजबुद हुने उनको विश्वास थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष रन्जित खाँले असल शासन तालिमले वडाले गर्नुपर्ने आधारभुत बिषय बारे प्रष्ट भएको बताए । उनले तालिम निकै उपलब्धी पूर्ण भएको बताउदै आगामी दिनमा समेत यस्ता तालिम वडाले आयोजना गर्ने प्रतिबद्धता गरे । यसैगरी तालिमका सहभागि तथा वडा सचिब सुर्य नेपालीले वडाका जनप्रतिनिधि र कर्मचारीहरुलाई असल शासन तालिम आवश्यक रहेको बताउदै तालिमले सृेवा प्रवाहमा सुधार हने बताए । उनले तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्दै सेवाग्राहीले अनुभुति गर्ने गरी काम गर्ने बताए । समापन कार्यक्रममा वडाका कर्मचारी तथा सहभागि जानकी बुढाले प्रतिक्रिया मन्तब्य राख्दै तालिम निकै उपयोग भएको बताएकी थिईन् ।
नाईस नेपालगन्जका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक नगर प्रमुख उमा थापा मगर, वडा अध्यक्ष रन्जित खाँले प्रमाण पत्र वितरण गरेका थिए । समापन कार्यक्रमको सञ्चालन नाईसकी शोभा थापा मगरले गरेकी थिईन् ।
दुईदिन सम्म चलेको तालिममा असल शासन, जवाफदेहिता र सुचनाको हकका विभिन्न बिषयमा प्रशिक्षक नमस्कार शाह, हेमराज भट्ट र मन भण्डारीले सहजिकरण गरेका थिए । तालिममा वडाका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्य कर्मचारी गरी १५ जनाको सहभागिता रहेको थियो । तालिमले वडाले आर्थिक बर्ष २०७७/०७८ र ०७८/०७९ मा असल शासन प्रबद्र्धनमा गर्न सक्ने क्रियाकलाप सहितको कार्ययोजना समेत निर्माण गरेको छ ।

 

  • ३१ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech