के भन्छ ? ज्योतिष शास्त्रले नयाँ वर्ष २०७८ लाईः ज्योतिष आचार्य डा.गौरीशंकर शर्मा

असल शासन प्रतिनिधि

बाँके / नयाँ वर्ष २०७८ बुधबार बिहान ४ देखि ५ बजेको बीचमा सुरु हुँदैछ ।

सृष्टि उप्पत्ति भएको १ असर ९५ करोड ९८ लाख ८५ हजार१ सय २२ वर्ष पुगेको छ । शाक्य सम्वत् १९४३ पुगेको छ भने नेपाल संवत् ११ सय ४१ र ११ सय ४२ पुगेको छ ।

यस्तै इस्वी संवत् सन् २०२१ र २०२२ मा २०७८ साल पर्दछ । कलीको आयू ४ लाख ३२ हजार मध्येमा २०७८ साल सम्म आइपुग्दा ५ हजार १ सय २२ वर्ष मात्र भोग भएको छ ।
यस वर्ष राक्षस नामको राज मङ्गल र मन्त्री पनि मङ्गल भएकाले त्यति शुभ देखिँदैन । मङ्गल कठोर ग्रह भएकाले त्यति राम्रो नभएको ज्यातिष डाक्टर गौरी शंकर शर्माले बताए । उनका अनुसार मङ्गल तातो ग्रह भएका हुनाले तापक्रम बढ्ने, पानी कम पर्ने, हावाहुरी बेगमा आउने, जल प्रकोप हुने र ज्वालामुखीको खतरा हुन सक्ने जस्ता भय नयाँ आर्थिक वर्षमा रहेका छन् ।

यस्तै आगोको सम्भावना  पनि धेरै देखिएको छ । राजनीतिक उथलपुथल हुने डर छ । गत वर्षको तुलना गर्दा यस वर्षमा त्यति शुभ देखिँदैन । ग्रह अनुसार हेर्दा पनि सबै ग्रहलाई शुभ देखिँदैन । मेष राशिलाई समस्या देखिएको छ भने बृष राशिलाई चोटपटकको डर रहेको छ ।

मिथुन राशिलाई मध्यम खालको अवस्था छ भने कर्कटलाई सुरुमा मात्र शूभ, सिंहलाई शुभ, कन्यालाई मिश्रित शुभ, तुलालाई साना तिना समस्या, सन्तानबाट दुःख, बृश्चिकलाई छालाको कष्ट, चोकपटकको समस्या, धनुलाई शुभ, मकरलाई होसियार हुनुपर्ने, कुम्भलाई खर्च बढ्ने, घरेलु कामकाजको समस्या आउने र मिनलाई शुभ देखिएको छ ।

बुधबार नयाँ वर्ष परेकाले सबैले इस्ट देवताको पूजा गर्दा राम्रो हुने ज्योतिष आचार्य गौरी शंकर शर्माले बताए । नयाँ वर्षको दिन यस वर्ष पहिलो र हरियो वस्त्र दान गर्दा उत्तम हुनेछ । ग्रहको क्षेत्र अनुसार हरेक कार्य पूर्व र दक्षिण दिशातिर फर्किएर गर्दा शुभ हुने देखिन्छ । नयाँ कार्य गर्दा वा खरिद गर्दा नीलो वा हरियो रङ रोज्दा उत्तम हुने देखिन्छ ।

 

  • ३१ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech