वैशाख १ गते बुधबार नेपालगन्जमा झण्डा दिवस भव्यतासाथ मनाइँदै

असल शासन प्रतिनिधि

 

नेपालगन्ज / राष्ट्र र राष्ट्रियता प्रतिको माया र सदभाव नहुने मान्छे विरलै होलान । राष्ट्रको गौरव भनेर चिनिने चन्द्र सूर्य अंकित झण्डा फहराउँदै नेपालगन्जमा झण्डा दिवस मनाउन लागको ६ बर्ष पुगिसकेको छ ।

भोली बुधबार नेपालगन्जमा भव्य समारोहका बिच छैठौं राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको आयोजक अन्तरालका निर्देशक जय नारायण शाहले बताए ।

अघिपछि भन्दा नयाँ बर्ष सबैको मानसपटलमा ताजा हुने भएकाले नयाँ बर्षको दिनमै झण्डा दिवस मनाउने अभियानको सुरुवात गरिएको शाहले बताए ।

स्वास्थ्यका सवै मापदण्ड पुरा गरेर सांगितिक कार्यक्रम समेत गरिने तयारी आयोजकले गरेको छ । कार्यक्रममा विशिष्ठ व्यक्तिहरुको उपस्थिति हुनुका साथै गायिका झुमा लिम्बुको समुहले विशेष प्रस्तुति दिने छ ।

कार्यक्रममा स्वदेसी तथा चलेका मौलिक गितहरुको प्रस्तुति रहने छ । नेपालगन्जको रामलिला मैदानमा बेलुका ५ बजेर २९ मिनेटमा गरिने कार्यक्रममा प्रवेश निशुल्क गरिएको छ ।

राष्ट्रिय गौरव, राष्ट्रिय पहिचानका लागि हरेक वर्ष बैशाख १ गते नेपालको झण्डाको महत्व, गरिमा र यसको ईतिहासलाई जिवन्त पार्न कार्यक्रम गर्न लागिएको हो ।

  • ३१ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech