मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना

असल शासन प्रतिनिधि

काठमाडौं/ हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको छ।

पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलिको अबस्था रहेको छ ।

स्थानीय वायुको साथै पश्चिमी न्यून चापीय रेखाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

देशका धेरै स्थानहरूमा तुँवालो रहेको महाशाखाको भनाइ छ। बिहीवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ।

पहाडी भूभागका एकदुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका केही भूभागमा तुँवालोको असर रहने छ।

  • २ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech