नेपालगन्जका  विद्यालय एक साता बन्द हुने

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उप–महानगरपालिकामा बैशाख ६ गते आईतबार देखि शैक्षिक संस्थाहरु बन्द हुने भएका छन ।

नेपालगन्ज उप–महानगरपालिका विपद् ब्यवस्थापन समितिको बिहिबार बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको नेपालगन्ज उपमहानगरपालिका नगर शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापाले बताए ।

नेपालगन्जमा पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिका भित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको उनले बताए । मेयर डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको हो । बैठकले भारतबाट आउनेहरुको सीमा नाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाई गर्ने निर्णय समेत गरेको छ ।

  • २ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech