प्रवल जनसेवा श्री चतुर्थबाट श्रेष्ठ र थापा सम्मानित

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपाल सरकारको प्रवल जनसेवा श्री चतुर्थबाट बाँकेका तत्कालिन कोभिड फोकल पर्सन जनस्वास्थ्य अधिकृत नरेश बाबु श्रेष्ठ सम्मानीत भएका छन् ।
नयाँ बर्ष २०७८ को शुरुवातसँगै बैशाख १ गते श्रेष्ठ सहित ४५२ जनालाई राष्ट्रपति बिद्या देखि भण्डारीले सो सम्मान प्रदान गरेका थिए । यसरी प्रवल जनसेवा श्री चतुर्थ बाट सम्मानित हुने मा बाँके बाट जनस्वास्थ्य अधिकृत नरेश बाबु श्रेष्ठ र भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरटेन्डेन्ट डा. प्रकाश थापा रहेका छन ।
विभिन्न क्षेत्रमा कार्यरत ४५२ जनालाई राष्ट्रलाई योगदान पुर्‍याएबापत शीतल निवासमा आयोजित एक कार्यक्रमका बिच सम्मान गरिएको थियो ।

  • २ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech