कोभिड संक्रमण नियन्त्रणमा कडाइ गर्दै बाँके प्रशासन

स्वास्थ्य मापदण्ड नअपनाउने माथि कार्वाही हुने

असल शासन प्रतिनिधि

कोभिड संक्रमण नियन्त्रणमा कडाइ गर्दै बाँके प्रशासन

नेपालगन्ज / स्वास्थ्य मापदण्ड नअपनाउने माथि कडा कार्वाही गर्ने डिसिसिएमसी बाँकेले निर्णय गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालको अध्यक्षतामा भ्रखरै सम्पन्न बैठकले नेपाल भारत सिमा कडाई गर्ने, कोभिड परीक्षणको दायरा बढाउने, जिल्लामा रहेका सबै आईसोलेसनहरु पुनः संचालन गर्ने, मास्क नलगाउनेलाई कार्वाही गर्ने निर्णय गरेको छ । यसैगरी स्वास्थ्यका मापदण्डहरु अनिवार्य पालना गर्न लगाउने र भिडभाडहुने कार्यहरुमा रोक लगाउने निर्णय भएको छ ।
पछिल्ला केही दिन यता बाँकेमा समेत कोभिड सक्रमितहरुको सख्या बढ्न थालेपछि समितिले सक्रमण नियन्त्रण तथा रोगथामका लागि कडाई गर्ने निर्णय गरेको बताईएको छ ।

  • २ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech