कोहलपुर बस दुर्घटना : सुर्खेतका जीवनकुमार न्यौपानेको निधन, ४० बढी गम्भीर घाइते

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको कोहलपुर नगरपालिका वडा नं.१३ रुइनिखोलामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी सुर्खेत साटाखानी ५ का जीवन कुमार न्यौपानेको निधन भएको प्रहरीले जनाएको छ ।

सुर्खेतदेखि धरान जाँदै गरेको ने.१ ख ३३४७ नम्बरको बस र अनटेष्ट टिप्पर एक आपसमा ठोकिँदा ४० जना भन्दा बढी गम्भीर घाइते भएका छन् ।

घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ भने गाडीमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन ।

अहिले  घटना भएको क्षेत्रमा उद्धार कार्य जारी रहेको छ ।

  • ३ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech