नेपालगन्जमा रिडर्स क्लब

असल शासन प्रतिनिधि

नेपालगन्जमा रिडर्स क्लब

नेपालगन्ज/ युवालाई पुस्तक पढ्न उत्प्रेरित गर्ने उद्देश्यले बासले रिडर्स क्लब गठन गरेको छ । पढाइले युवाको क्षमता अभिवृद्धिसँगै नयाँ कुराको जानकारीसमेत हुने भएकाले युवालाई लक्षित गरी रिडर्स क्लब गठन गरिएको हो ।

विभिन्न क्याम्पस तथा विद्यालयमा अध्ययनरत विद्यार्थीको सहभागितामा गठन गरिएका क्लबमा प्रदिप बोहराको संयोजकत्वमा युनिक रिडर्स क्लब गठन भएको छ । जसको सदस्यमा शर्मिला खत्री, प्रमिला गिरी, गंगा वली र माया चौधरी रहेका छन् । यसैगरी रेखा खनालको संयोजकत्वमा क्रियटिभ रिडर्स क्लब गठन भएको छ । जसको सदस्यमा क्रमशः विनिता थारु, आस्ना थारु, उमा थारु र ममता बुढा क्षेत्री रहेका छन् ।

यसैगरी सनराइज रिडर्स क्लब सुशीला चौधरीको संयोजकत्वमा गठन भएको छ । जसको सदस्यमा श्रुति चौधरी, जस्मिन शाह र मिना घर्ती मगर रहेका छन् । यस्तै सिन्धु धर्कत्वाको संयोजकत्वमा मिना बिष्ट, शोभा थापा मगर, शुद्धप्रसाद चौधरी र लोकबहादुर घर्ती सदस्य रहने गरी स्टार रिडर्स क्लब गठन गरिएको छ ।

यसरी गठन भएका रिडर्स क्लबले बास केन्द्रीय कार्यालयमा रहेको असल शासन सूचना केन्द्रको पुस्तकालयमा राखिएका पुस्तकहरु अध्ययन गर्ने तथा आवश्यकता अनुसार इमेल इन्टरनेटको समेत प्रयोग गर्न पाउने गरी व्यवस्थापन गरिएको छ । रिडर्स क्लबमा आबद्ध युवाहरुले आफू पनि पढ्ने र अन्य युवाहरुलाई समेत पढ्न उत्प्रेरित गर्ने छन् ।

बासले यस अघि पनि विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत युवाहरुको सहभागितामा रिडर्स क्लब गठन गर्दै आएको छ ।

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech