नयाँ बर्षको लागि नुहाउन गएकि बालिका फर्किनन् …

असल शासन प्रतिनिधि

रुकुम पश्चिम / नयाँ बर्षको अघिल्लो दिन नुहाउन र कपडा धुन भनेर घरबाट निस्केकी रुकुम पश्चिमको सानीभेरि गाउँपालिका वडा नम्बर १ कि प्रेमकला पुन चार दिनसम्म पनि घर फर्केकि छैनन् ।

१४ बर्षिय प्रेमकला ५ दिनसम्म पनि फेला नपर्दा सानीभेरि नदिमा डुबेको परिवारजनको आशंका छ । उनको अवस्था हाल सम्म अज्ञात रहेको छ ।

नयाँ बर्ष मनाउने रहरले नुहाउने र लुगा धुनेगरी घर नजिकैको भेरीनदिमा गएकि प्रेमकलाको अवस्था ५ दिन सम्म पनि अज्ञात रहेको सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले बताएका छन् । गत चैत्र ३१ गते नुहाउन भनेर भेरी नदिमा गएकि निजको खोजि कार्य जारी राखिएको तर भेटाउन नसकिएको अध्यक्ष पुनले जनाए । प्रेमकला कक्षा ८ मा अध्ययनरत थिईन ।

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech