अलपत्र सुत्केरीको उद्धार

असल शासन प्रतिनिधि

रुकुम पश्चिम / मानसिक सन्तुलन गुमाएर अलपत्र अवस्थामा रहेकी एक सुत्केरी महिलाको उद्धार गरिएको छ । जिल्लाकोे मुसीकोट नगरपालिकाको वडा नम्वर १३ की ३७ बर्षिया आशा खत्री (नाम परिवर्तन गरिएको) लाई उद्दार गरिएको हो ।

मानसिक रुपमा समस्या रहेकी सुत्केरी महिला अलपत्र रहेको सूचना पश्चात उद्धार गरिएको मुसिकोट नगरपालिकाकि महिला विकास निरीक्षक कमला मल्लले जानकारी दिईन् । मुसिकोट नगरपालिका वडा नम्वर १३ कि ती महिलालाई अहिले मुसिकोट नगरपालिकाको वडा नम्बर १ मा रहेको अल्पकालिन सेफ हाउसमा राखिएको छ । ति महिलाको स्याहार सुसार गर्ने कोहि नभएको र बच्चाको बुवा को हो भन्ने समेत पहिचान नभएको महिला विकास निरिक्षक मल्लले जनाईन् । सेफहाउसमा निजलाई मनोवैज्ञानिक परामर्श समेत दिईने मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले बताए ।

हिंसामा परेकी ति महिलाको उद्धार कार्यमा जिल्ला प्रहरी कार्यालय, महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपाल र सत्य शाईभजन समुहले सहयोग गरेका छन् । निज सुत्केरी आमा र बच्चालाई न्यानो कपडा, कम्बल, चामल, दाल, नुन, तेल लगायतका सामाग्री सहयोग गरिएको छ ।

 

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech