कोहलपुरमा भएको सवारी दुर्घटनाका सबै मृतकको सनाखत

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ ।

शुक्रबार बेलुका कोहलपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेमा टिप्पर चालक कोहलपुर नगरपालिका वडा नं. ३ बस्ने २५ वर्षिय खगेन्द्र बहादुर सुनार, सहचालक कोहलपुर १२ बस्ने २१ वर्षिय उदय बाँठा, बसका साहु मेचीनगर नगरपालिका झापाका ४५ वर्षिय छत्र बहादुर कटुवाल, सोही बसमा रहेका सुर्खेत साटाखानी–७ का ४१ वर्षीय जीवन कुमार विक र सिराह जिल्ला सुखिपुर गाउपालिका वर्ड नं. ५ कि अम्बिका कान्ति रहेका छन ।

३२ बर्षीया अम्बिका कान्तिको दुर्घटनामा मृत्यु भए पनि उनकि  डेढ वर्षीया बालिका सकुशल बाँच्न सफल भएकी छन् ।

छोरी सुरक्षित रुपमा कोहलपुर मेडिकल कलेजमा रहेको प्रहरीले जनाएको छ । कान्ति शिक्षाका लागि खाद्यान्न कार्यक्रम सुर्खेतमा कार्यरत थिईन । उनी घर जाँदै थिइन् ।

 

 

सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिपर शुक्रबार साँझ ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा ३८ जना घाइते भएका छन् ।

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech