नरैनापुर आगलागि पिडितलाई लत्ताकपडा वितरण

असल शासन प्रतिनिधि

नेपालगन्ज / नरैनापुर गाँउपालिका वडा नम्बर ४ खोदवामा भएको आगलागि पिडित परिवारलाई बासले आज लत्ताकपडा वितरण गरेको छ ।
आगलागि भएको स्थानमा नै पुगी १२ सय जोडी कपडा करिब ५ सय बढी पिडितलाई वितरण गरिएको हो ।

आगलागि पिडितहरुलाई लगाउने कपडाको आवश्यकता भएको स्थानीयहरुले बताएपछि बासले लत्ता कपडा संकलन गरि वितरण गरेको हो ।
कपडा वितरण कार्यक्रम बासका कार्यक्रम संयोजक रबिन्द्र बोहरा, नरैनापुर गाँउपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरी, वडा सदस्य चाँदे खाँको रोहवरमा भएको थियो । कार्यक्रममा बासका सहजकर्ता इब्राहिम खाँ, स्वयम् सेवकहरु सुसिला थारु, शर्मिला खत्री, प्रदिप बोहरा, रेखा खनाल, अशोक रावल, प्रमिला गिरीको सहभागिता रहेको थियो ।

 

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech