वैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइँदै

असल शासन प्रतिनिधि

बाँके/ सरकारले बाँके सहित देशभर यही वैशाख ६ र ७ गते बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दै छ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाउन लागिएको हो ।

एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने छ भने ६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ ।

सरकारले हरेक वर्ष बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने गर्दै आएको छ ।

  • ५ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech