मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गर्ने ३ जना पक्राउ

असल शासन प्रतिनिधि

बझाङ / बझाङ्गमा मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गर्ने ३ जना पक्राउ परेका छन ।

जिल्लाको सदरमुकाम चैनपुरको रिङरोडमा शुक्रबार राती ३ जनाले मादक पदार्थ सेवन गरी रिङरोडमा हिड्दै गरेको एक जनाको मोबाइल खोसेर अभद्र व्यवहार गरिरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालयले जयपृथ्वी नगरपालिकाका बर्ष २७ का अमित कुमार छत्याल, मष्टा गाउँपालिकाका बर्ष १९ का विनोद कठायत, सुर्मा गाउँपालिकाका बर्ष २१ का बबिन बोहरालाइ पक्राउ गरेको हो ।

साथै सोहि व्यक्तिहरुले डिउटीमा खटिएका प्रहरीमाथी समेत हातपात गरेर प्रहरीको खल्ती च्यातिएको र मोबाइल समेत फुटेकोे जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।

  • ५ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech