लेक लाग्दा एक बालकको मृत्यु

असल शासन प्रतिनिधि

ताप्लेजुङ/ ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा गएका एक बालकको लेक लागेर मृत्यु भएको छ।

पाँचथरको फालेलुङ गाउँपालिका–८ याङ्नामका दुई वर्षीय बालक उत्सव लिम्बूको मृत्यु भएको हो। अभिभावकले आफ्ना बालक (बच्चा)लाई पाथीभरा दर्शनका लागि लिएर गएको प्रहरीले जनाएको छ ।

देवीको दर्शन गर्न जाने क्रममा पाथीभरा क्षेत्रको फेदीबजार नजिक बाटोमै अचानक बेहोस भएपछि बालकलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल लगिएको र उपचारकै क्रममा बालकको मृत्यु भएको हो। पाथीभरा धाम तीन हजार ७९४ मिटरको उचाइमा छ।

  • ५ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech